११ जेष्ठ २०८३, सोमबार
नेपालमा थप ५ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विगत २४ घण्टामा पाँच सय ५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो, जसमा एक सय २० महिला र ४ सय ३४ पुरूष रहेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मुलुकभरका विभिन्न प्रयाेगशालामा गरिएका परीक्षणमा हालसम्म संक्रमितकाे संख्या १२ हजार तीन सय ९ पुगेकाे छ ।


त्यस्तै शनिबार १ सय ३६ जना काेराेना जितेर घर फर्किएका छन् । याेसँगै काेराेना निकाे हुनेकाे संख्या २ हजार ८ सय ३४ पुगेका छन् ।