नेपालमा थप ५ सय ५४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १२ हजार नाघ्याे

होमल्याण्ड खबर

२०७७ असार १३ गते, शनिबार १६:३२ मा प्रकाशित

नेपालमा थप ५ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विगत २४ घण्टामा पाँच सय ५४ जनामा कोरोना भाइरस संक्रमण देखिएको हो, जसमा एक सय २० महिला र ४ सय ३४ पुरूष रहेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मुलुकभरका विभिन्न प्रयाेगशालामा गरिएका परीक्षणमा हालसम्म संक्रमितकाे संख्या १२ हजार तीन सय  ९ पुगेकाे छ ।

त्यस्तै शनिबार १ सय ३६ जना काेराेना जितेर घर फर्किएका छन् । याेसँगै काेराेना निकाे हुनेकाे संख्या २ हजार ८ सय  ३४ पुगेका छन् ।