१० मंसिर २०८१, सोमबार
काठमाडौं । सरकारले कोरोना भाइरसका कारण देश आर्थिक संकटमा गएको भन्ने भ्रम फैलाएको भन्दै इजरायलमा प्रदर्शन भएको छ ।
इजरायलको तेल अभिभमा भेला भएका हजारौं प्रदर्शनकारीले कोरोनाका कारण सर्वसाधारणले व्यहोरेको क्षतिको रकम भुक्तानी गर्न ढिलाइ गरेको भन्दै सरकार विरोधी नारा लगाएका थिए ।
युवा युवतीको संख्या उल्लेख्य रहेको प्रदर्शनमा व्यापारी र मजदुर पनि सहभागी थिए । कोरोनाका कारण आफूहरुले आर्थिक संकटको सामना गरिरहेको र सरकारले ठोस योजना नल्याएको प्रदर्शनकारीको आरोप छ । प्रदर्शनमा सहभागीले मास्कको प्रयोग गरे पनि सामाजिक दूरी भने कायम गरेका थिएनन् ।
प्रदर्शन अघि इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले केही व्यापारी र मजदुरहरुसँग भेट गरी मुलुक आर्थिक संकटको बिषम परिस्थिति भोग्न बाध्य भएको भन्दै क्षतिपूर्ति वापत पारिश्रमिक दिन ढिलाई भएको जानकारी दिंदै छिट्टै समाधान गर्ने आश्वासन दिनुभएको थियो । प्रधानमन्त्रीको आश्वासनप्रति असन्तुष्टि जनाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् ।