११ जेष्ठ २०८३, सोमबार
मेलम्ची : मेलम्ची खानेपानी आयोजनाको सुरुङ परिक्षणको क्रममा सुरुङको १७ नम्बर गेट फुट्दा २ जना बेपत्ता भएका छन् । पानी भरिएको सुरुङ फुट्दा दुई जनालाई बगाएको हो ।
आयोजनामा कार्यरत सवारी चालक राधाकृष्ण थापामगर र इन्जिनियर सतिस गोहित बेपत्ता भएका छन् । अन्य दुइजना घाइते छन ।
खोलाले कति जना बगायो भन्ने यकिन भइसकेको छैन ।


सुरुङ फुटेपछि आएको बाढीले बा १ झ ८७६४ नम्बरको हाइलक्स गाडी समेत बगाएको छ । घाइतेहरुलाइ हेलिकप्टर मार्फत काठमाडौ लाने तयारी भइरहेको बताइएको छ । मेलम्ची खानेपानी आयोजनाले एक साता अगाडीदेखि सुरुङ परिक्षण गरिरहेको छ ।