मेलम्ची खानेपानीको सुरुङको १७ नम्बर गेट फुट्यो : २ जना वेपत्ता, हाइलक्स गाडी पनि बगायो

होमल्याण्ड खबर

२०७७ असार ३० गते, मंगलवार १४:२२ मा प्रकाशित

मेलम्ची : मेलम्ची खानेपानी आयोजनाको सुरुङ परिक्षणको क्रममा सुरुङको १७ नम्बर गेट फुट्दा २ जना बेपत्ता भएका छन् । पानी भरिएको सुरुङ  फुट्दा  दुई जनालाई बगाएको हो ।

आयोजनामा कार्यरत सवारी चालक राधाकृष्ण थापामगर र इन्जिनियर सतिस गोहित बेपत्ता भएका छन् ।  अन्य दुइजना घाइते छन ।
खोलाले कति जना बगायो भन्ने यकिन भइसकेको छैन ।

सुरुङ फुटेपछि आएको बाढीले बा १ झ ८७६४ नम्बरको हाइलक्स गाडी समेत बगाएको छ । घाइतेहरुलाइ हेलिकप्टर मार्फत काठमाडौ लाने तयारी भइरहेको बताइएको छ ।  मेलम्ची खानेपानी आयोजनाले एक साता अगाडीदेखि सुरुङ परिक्षण गरिरहेको छ ।