११ जेष्ठ २०८३, सोमबार
काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ३ सय ११ जनामा कोराेना भाइरस देखिएको बताए ।
हाल क्वारेन्टिनमा १५ हजार ३ सय ३१ जना रहेका छन् भने आजसम्म ३ लाख ५२ हजार ३ सय ७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।

