थप ३११ जनामा कोरोना संक्रमण पुष्टि

होमल्याण्ड खबर

२०७७ श्रावण १३ गते, मंगलवार १६:४४ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टा यता थप ३ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले २४ घण्टामा नेपालमा ३ सय ११ जनामा कोराेना भाइरस देखिएको बताए ।

हाल क्वारेन्टिनमा १५ हजार ३ सय ३१ जना रहेका छन् भने आजसम्म ३ लाख ५२ हजार ३ सय ७ जनाको पीसीआर विधिबाट परीक्षण भएको छ ।