१० मंसिर २०८१, सोमबार
एजेन्सी, तालिवानले अफगानिस्तानमा शुक्रबारदेखि लागू हुनेगरी तीन दिनका लागि युद्धविराम घोषणा गरेको छ । तालिवान समूहका प्रवक्ता जाविहुल्ला मुजाहिदले एक बिज्ञप्ति जारी गर्दै इद अल-अधाका अवसरमा युद्धबिरामको घोषणा गरेको हो ।
केही समयको अवधिमा सरकारले दोस्रोपटक वार्ताका लागि प्रस्ताव गरेसँगै विद्रोही समूह तालिवानले युद्धविराम घोषणा गरेको हो । उसले युद्धबिरामको समयमा कुनैपनि सशस्त्र कारबाही नगरिने जनाएको छ ।