एजेन्सी । रुसले तयार गरेको कोरोना (कोभिड १९)विरुद्धको खोप (भ्याक्सिन) प्रयोगमा ल्याउने तयारी गरिएको छ । समाचार संस्था ब्लुमबर्गले लेखेअनुसार अबको १२ दिनभित्र कोरोनाविरुद्धको खोप तयार हुनेछ ।
गेमेलिया रिसर्च इन्स्टिच्युट अफ इपिडिमिलोजी एन्ड माइक्रोबायोलोजीले तयार पारेको यो खोप अनुमोदनको अन्तिम तयारीमा रहेको जनाइएको छ । उक्त खोपको दोस्रो चरणको परीक्षण पनि सफल भएको जनाउँदै ब्लुमबर्गले तेस्रो चरणको परीक्षण सम्पन्न भएपछि प्रयोगका लागि जनसमक्ष ल्याइने तयारी गरिएको उल्लेख गरेको छ ।