भारतमा कोरोना संक्रमणबाट मन्त्री कमलाको मृत्यु

होमल्याण्ड खबर

२०७७ श्रावण १८ गते, आईतवार १२:४३ मा प्रकाशित

काठमाडौँ। कोरोना भाइरसको संक्रमणका कारण भारतमा पहिलो पटक एक मन्त्रीका मृत्यु भएको छ । उत्तर प्रदेश प्राविधिक शिक्षामन्त्री कमला रानी वरुणको कोरोना संक्रमणबाट निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

मन्त्री कमलालाई गत जुलाई १८ तारिख कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसपछि यनलाई लखनऊस्थित एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा मन्त्री वरुणको आज बिहान मृत्यु भएको बताइएको छ ।

भारतमा कोरोना संक्रमित तथा मृत्यु हुनको संख्या निरन्तर बढ्दै गएको छ । विश्वमै कोरोना संक्रमणमा तेस्रो स्थानमा रहेको भारतमा हालसम्म ३७ हजार ४१५ जनाको मृत्यु भएको छ । १७ लाख ५४ हजार भन्दा बढी संक्रमित भएका छन् ।