१० जेष्ठ २०८३, आईतवार
काठमाडौं । कोरोना महामारीका कारण नेपालका चार वटै सुरक्षा निकायले अति आवश्यक वाहेकका विदाहरु अनिश्चितकालका लागि रद्द गरेका छन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल र राष्ट्रिय अनुसन्धान विभागले आन्तरिक परिपत्र गर्दै सबै विदा रद्द गरेका हुन् ।
समाजमा सबैभन्दा नजिकबाट घुलमिल भएका सुरक्षा निकायमा कार्यरत कर्मचारीहरुलाई विदामा छोड्दा संक्रमणको दर बढेपछि यस्तो निर्णय गरिएको एक सुरक्षा अधिकृतले बताएका छन्। अति आवश्यक विदाहरु भने यथावत रहेको उनले बताए । चार वटै सुरक्षा निकायमा पाँच सय भन्दा बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ।

