सुरक्षा निकायद्धारा अनिश्चितकालका लागि विदा रद्द

होमल्याण्ड खबर

२०७७ श्रावण २५ गते, आईतवार १४:०० मा प्रकाशित

काठमाडौं । कोरोना महामारीका कारण नेपालका चार वटै सुरक्षा निकायले अति आवश्यक वाहेकका विदाहरु अनिश्चितकालका लागि रद्द गरेका छन्। नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी वल र राष्ट्रिय अनुसन्धान विभागले आन्तरिक परिपत्र गर्दै सबै विदा रद्द गरेका हुन् ।

समाजमा सबैभन्दा नजिकबाट घुलमिल भएका सुरक्षा निकायमा कार्यरत कर्मचारीहरुलाई विदामा छोड्दा संक्रमणको दर बढेपछि यस्तो निर्णय गरिएको एक सुरक्षा अधिकृतले बताएका छन्। अति आवश्यक विदाहरु भने यथावत रहेको उनले बताए ।  चार वटै सुरक्षा निकायमा पाँच सय भन्दा बढी सुरक्षाकर्मीमा कोरोना संक्रमण देखिएको छ।