गोंगबु हत्या आरोपमा एक महिला पक्राउ

होमल्याण्ड खबर

२०७७ श्रावण २६ गते, सोमबार २०:४८ मा प्रकाशित

काठमाडौं  । गोंगबुमा विभत्स  हत्या  आरोपमा एक महिला पक्राउ परेकी छिन् ।  चितवनको टाढी, माधवपुरबाट  कल्पना शाही पक्राउ परेकी प्रहरी उच्च स्रोतले जनाएको छ ।

उनलाई भोली विहान काठमाडौ ल्याइने प्रहरीले जनाएको छ ।  काठमाडौं नयाँबजार क्षेत्रको एक गार्मेन्ट उद्योगमा काम गर्ने दाङका कृष्णबहादुर बोहराको आइतबार बिहान गोंगबुको गणेशस्थान नजिकै सुटकेस भित्र टाउको नभएको शव फेला परेको थियो । पानीले भिजेर रगत बगेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।