१० जेष्ठ २०८३, आईतवार
काठमाडौं । गोंगबुमा विभत्स हत्या आरोपमा एक महिला पक्राउ परेकी छिन् । चितवनको टाढी, माधवपुरबाट कल्पना शाही पक्राउ परेकी प्रहरी उच्च स्रोतले जनाएको छ ।
उनलाई भोली विहान काठमाडौ ल्याइने प्रहरीले जनाएको छ । काठमाडौं नयाँबजार क्षेत्रको एक गार्मेन्ट उद्योगमा काम गर्ने दाङका कृष्णबहादुर बोहराको आइतबार बिहान गोंगबुको गणेशस्थान नजिकै सुटकेस भित्र टाउको नभएको शव फेला परेको थियो । पानीले भिजेर रगत बगेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

