४६८ जनामा कोरोना पुष्टि, संक्रमित संख्या २६,०१९ पुग्याे

होमल्याण्ड खबर

२०७७ श्रावण ३१ गते, शनिबार १६:४८ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप चार सय ६८ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर विभिन्न केन्द्रहरुमा गरिएको परीक्षणमा विगत २४ घण्टामा चार सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।

प्रवक्ता डा. गौतमका अनुसार विगत २४ घण्टामा ११ हजार चार सय ४७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

हालसम्म पाँच लाख पाँच हजार ६ सय ६० पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।