१० जेष्ठ २०८३, आईतवार
काठमाडौं । पछिल्लो २४ घण्टामा थप चार सय ६८ जनाका कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर विभिन्न केन्द्रहरुमा गरिएको परीक्षणमा विगत २४ घण्टामा चार सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ ।


प्रवक्ता डा. गौतमका अनुसार विगत २४ घण्टामा ११ हजार चार सय ४७ जनाको पीसीआर परीक्षण गरिएको छ ।
हालसम्म पाँच लाख पाँच हजार ६ सय ६० पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।