१० जेष्ठ २०८३, आईतवार
काठमाडौं । मुलुकभर हालसम्म जम्मा ६ लाख १० हजार ४६९ जनाको पीसीआर परीक्षण गरिएकोमा ३२ हजार ६७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ ।अहिले मुलुकभरमा १३८ जना आईसीयूमा रहेका रहेर उपचार गराइरहेका छन् ।
संक्रमित मध्ये निको भएर १८ हजार ८०६ जना डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमण निको हुने दर ५८ प्रतिशत रहेको छ ।


आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १० हजार २३४ जनाको पीसीआर परीक्षण गरिएको छ ।
अहिलेसम्म देशभरका संस्थागत आइसोलेसनमा ९ हजार १५४ जनाले उपचार गरिरहेका छन् भने होम आइसोलेसनमा ४ हजार ५६१ उपचारत रहेकाछन् । मुलुकभरमा अहिलेसम्म ११ हजार २७५ जना संक्रमितले क्वारेन्टिनमा रहेर उपचार गरिरहेका छन् ।