नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५७ पुग्यो

होमल्याण्ड खबर

२०७७ भाद्र ८ गते, सोमबार १९:०५ मा प्रकाशित

काठमाडौं । मुलुकभर हालसम्म जम्मा ६ लाख १० हजार ४६९ जनाको पीसीआर परीक्षण गरिएकोमा ३२ हजार ६७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमणका कारण  ज्यान गुमाउनेको संख्या १५७ पुगेको छ ।अहिले मुलुकभरमा  १३८ जना आईसीयूमा रहेका रहेर उपचार गराइरहेका छन् ।

संक्रमित मध्ये निको भएर  १८ हजार ८०६ जना डिस्चार्ज भएका छन् । नेपालमा कोरोना संक्रमण निको हुने दर ५८ प्रतिशत रहेको छ ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७१५ रहेको छ । पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १० हजार २३४  जनाको पीसीआर परीक्षण गरिएको छ ।

अहिलेसम्म  देशभरका संस्थागत आइसोलेसनमा ९ हजार १५४ जनाले उपचार गरिरहेका छन् भने   होम आइसोलेसनमा ४ हजार ५६१ उपचारत रहेकाछन् । मुलुकभरमा अहिलेसम्म  ११ हजार २७५ जना संक्रमितले  क्‍वारेन्टिनमा रहेर उपचार गरिरहेका छन्  ।