९ मंसिर २०८१, आईतवार
काठमाडौँ । चिनियाँ कम्पनी टिकटक र अमेरिकाबीचको विवाद अदालतमा पुगेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकलाई प्रतिबन्ध लगाउने कार्यकारी आदेशविरुद्ध अदालतमा मुद्धा दायर गरेको हो । राजनीतिक रुपमा टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाइएको भन्दै टिकटकले राष्ट्रपतिको कार्यकारी आदेशको विरुद्ध मुद्धा दायर गरेको जनाएको छ ।
टिकटकको मुख्य कम्पनि बाइटडान्सले क्यालिफोर्नियाको फेडेरल कोर्टमा मुद्दा दायर गर्दै आफुमाथि लगाइएको आरोपको बारेमा स्पष्टीकरण दिने मौका समेत नदिइ प्रतिबन्ध लगाएको उल्लेख गरेको छ । साथै टिकटकले अमेरिकामा १० हजार भन्दा बढीलाई रोजगारी दिएको र लाखौ अमेरिकीले टिकटक बाट लिएको मनोरंजनको अवसर खोसिने डर उत्पन्न भएको जनाएको छ ।
राष्ट्रपति ट्रम्पले गत श्रावण अन्तिम साता ४५ दिनको अल्टिमेटम दिदै चिनिया एप टिकटक र वीच्याट अमेरिकी कम्पनिलाई बेच्न आदेश जारी गर्नुभएको थियो । साथै यस अवधिमा टिकटकको निर्माता कम्पनि बाइटडान्ससँग कुनै किसिमको कारोबार नगर्न समेत आदेश दिइएको थियो ।