१० जेष्ठ २०८३, आईतवार
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट ५ महिला र ३ पुरुष गरी थप ८ जनाको मृत्यु भएको हो ।
मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ललितपुरकी ६५ वर्षीया, बाराकी २३ वर्षीया, कास्कीकी ३२ वर्षीया, रुपन्देहीकी ७० वर्षीया र बाँकेकी ७० वर्षीया गरी पाँच जना महिलाकाे मृत्यु भएकाे छ । त्यसैगरी काठमाडौंका ४८, पर्साका ६२ र कपिलवस्तुका ५० वर्षीय गरी तीन जना पुरुषको मृत्यु भएको बताइएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ८३ पुगेको छ ।

