कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु ,नेपालमा मृत्यु हुनेका संख्या १ सय ८३ पुग्यो

होमल्याण्ड खबर

२०७७ भाद्र ११ गते, बिहीबार १६:५६ मा प्रकाशित

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट ५ महिला र ३ पुरुष गरी थप ८ जनाको मृत्यु भएको हो ।

मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ललितपुरकी ६५ वर्षीया, बाराकी २३ वर्षीया, कास्कीकी ३२ वर्षीया, रुपन्देहीकी ७० वर्षीया र बाँकेकी ७० वर्षीया गरी पाँच जना महिलाकाे मृत्यु भएकाे छ । त्यसैगरी काठमाडौंका ४८, पर्साका ६२ र कपिलवस्तुका ५० वर्षीय गरी तीन जना पुरुषको मृत्यु भएको बताइएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या एक सय ८३ पुगेको छ ।