१० जेष्ठ २०८३, आईतवार
काठमाडौंः काठमाडौं उपत्यकामा थप एक हजार ६३८ जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो २४ घण्टामा काठमाडौंका एक हजार २८० भक्तपुरका १९६ र ललितपुरका १६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।


मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १४ हजार ७३९ जनाको पीसीआर परीक्षण गर्दा थप दुई हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमितको संख्या ७९ हजार ७२८ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ३०७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै डिस्चार्ज हुनेको संख्या ६० हजार ६९६ पुगेको छ। यो कुल संक्रमितको ७१ दशमलव ३ प्रतिशत हो। सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ ।