उपत्यकामा १६३८ कोरोना संक्रमित थपिए

होमल्याण्ड खबर

२०७७ आश्विन १६ गते, शुक्रबार १६:३३ मा प्रकाशित

काठमाडौंः काठमाडौं उपत्यकामा थप एक हजार ६३८ जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौंका एक हजार २८० भक्तपुरका १९६ र ललितपुरका १६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा १४ हजार ७३९  जनाको पीसीआर परीक्षण गर्दा थप दुई हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा संक्रमितको संख्या  ७९ हजार ७२८ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ३०७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै डिस्चार्ज हुनेको संख्या ६० हजार ६९६ पुगेको छ। यो कुल संक्रमितको ७१ दशमलव ३ प्रतिशत हो।  सक्रिय संक्रमितको संख्या २१ हजार २३४ रहेको छ ।