१० जेष्ठ २०८३, आईतवार
काठमाडौंः बागमती प्रदेशको प्रदेशसभा सचिवालयले नयाँ लोगो राख्ने भएको छ ।
सचिवालयले बुधबार सूचना मार्फत साविकको लोगोमा नेपालको नक्सामा थप गरिएको लिम्पियाधुरासहितको भू–भाग समावेश नभएकाले सो भू–भाग समेटेर नयाँ लोगो बनाइने जनाएको छ ।


अब बनाइने लोगोमा साविकको लोगोमा भएका दृष्य–तस्वीरहरु नराखि नेपालको राष्ट्रिय झण्डा, नेपालको नक्सामा बागमती प्रदेशलाई गाढा बनाई बागमती प्रदेश सभा लेखेको बनाइने सुचनामा उल्लेख छ ।
सचिवालयले १५ दिनभित्र लोगो डिजाइन गरी प्रदेश सभा सचिवालयको जिन्सी शाखामा बुझाउन भनेको छ ।
प्रदेश सभाले उत्कृष्ट ठहराएको लोगो पेश गर्ने डिजाइनरलाई तीस हजार पुरस्कार दिइने सचिवालयले जानकारी दिएको छ।