बागमती प्रदेशले उत्कृष्ट लोगो बनाउनेलाई ३० हजार पुरस्कार दिने

होमल्याण्ड खबर

२०७७ आश्विन २१ गते, बुधबार ०८:१२ मा प्रकाशित

काठमाडौंः बागमती प्रदेशको प्रदेशसभा सचिवालयले नयाँ लोगो राख्ने भएको छ ।

सचिवालयले बुधबार सूचना मार्फत साविकको लोगोमा नेपालको नक्सामा थप गरिएको लिम्पियाधुरासहितको भू–भाग समावेश नभएकाले सो भू–भाग समेटेर नयाँ लोगो बनाइने जनाएको छ ।

अब बनाइने लोगोमा साविकको लोगोमा भएका दृष्य–तस्वीरहरु नराखि नेपालको राष्ट्रिय झण्डा, नेपालको नक्सामा बागमती प्रदेशलाई गाढा बनाई बागमती प्रदेश सभा लेखेको बनाइने सुचनामा उल्लेख छ ।

सचिवालयले १५ दिनभित्र लोगो डिजाइन गरी प्रदेश सभा सचिवालयको जिन्सी शाखामा बुझाउन भनेको छ ।

प्रदेश सभाले उत्कृष्ट ठहराएको लोगो पेश गर्ने डिजाइनरलाई तीस हजार पुरस्कार दिइने सचिवालयले जानकारी दिएको छ।