१० जेष्ठ २०८३, आईतवार
काठमाडौं । काठमाडौं उपत्यकामा थप २६७२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २६७२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
आज थपिएका नयाँ संक्रमित काठमाडौंका २ हजार एक सय जना, ललितपुरका ३६७ जना र भक्तपुरका २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ५ हजार ६८४ रहेको छ । संक्रमित मध्ये ७४ हजार २५२ जना निको भएर घर फर्किसकेका छन् । हाल संक्रिय संक्रमितको संख्या ३० हजार ८१८ रहेको छ ।
पछिल्लो २४ घण्टामा १२२९ जना कोरोनामुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।