उपत्यकामा थप २६७२  जनामा कोरोना भाइरस संक्रमण

होमल्याण्ड खबर

२०७७ आश्विन २४ गते, शनिबार १६:३२ मा प्रकाशित

काठमाडौं । काठमाडौं उपत्यकामा थप २६७२  जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप २६७२ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।

आज थपिएका नयाँ संक्रमित काठमाडौंका २ हजार एक सय जना, ललितपुरका ३६७ जना र भक्तपुरका २०३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसंगै नेपालभर कोरोना संक्रमितको संख्या एक लाख ५ हजार ६८४ रहेको छ । संक्रमित मध्ये ७४ हजार २५२ जना निको भएर घर फर्किसकेका छन् ।  हाल संक्रिय संक्रमितको संख्या ३० हजार ८१८ रहेको छ ।

पछिल्लो २४ घण्टामा १२२९ जना कोरोनामुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ ।