ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा पुनः सक्रिय, स्वस्थ भइसकेको दाबी

होमल्याण्ड खबर

२०७७ आश्विन २७ गते, मंगलवार १५:०९ मा प्रकाशित

एजेन्सी । झण्डै दुई हप्तापछि अमेरिकी राष्ट्रपति डोनान्ड ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा फेरी सहभागी हुन थालेका छन् । कोरनो भाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उनी केही दिन अस्पतालमा र केही दिन राष्ट्रपति निवासमा मात्रै रहनुभएको थियो । सार्वजनिक कार्यक्रमहरुमा सहभागी भएक थिएनन् ।

त्यसपछि सोमबार पहिलो पटक उनी फ्लोरिडामा आयोजित चुनावी कार्यक्रममा सहभागी भएक छन् । कार्यक्रममा उनी मास्क विना सहभागी भएका थियो भने भिडमा रहेका अन्य अधिकांश सहभागीहरुले पनि मास्कको प्रयोग गरेका थिएनन् । उनले कार्यक्रममा जोडतोडका साथ भाषण गर्दै आफु स्वस्थ भइसकेको र आफुलाई कुनै शारीरिक वा स्वास्थ्यसम्वन्धी समस्या नरहेको दावी गरेका थिए ।

उहाँले प्रतिस्पर्धी जोन बाइडनलाई कट्टर समाजवादीहरूको कठपुतली भएको र सञ्चारमाध्यमलाई पनि पक्षपाती भएको आरोप लगाएका थिए । उनले आगामी चार दिनमा निर्वाचनका बेला कडा टक्कर हुने भनिएका चारवटा राज्यमा भ्रमण गर्ने कार्यक्रम रहेको छ ।

राष्ट्रपति ट्रम्पलाई ११ दिन अगाडि कोरोनाको लक्षण देखा परेको थियो । गत आइतबार मात्रै उनी सङ्क्रमणमुक्त भइसकेका उनका निजी चिकित्सकहरुले बताएका थिए ।