१० मंसिर २०८१, सोमबार
वासिङ्टन विश्वविद्यालयस्थित स्कूल अफ मेडिसिनले कोरोना भाइरस विरुद्धको शक्तिशाली भ्याक्सिन पत्ता लागेको दावी गरेको छन् । अमेरिकामा अवस्थित वासिङ्टन विश्वविद्यालयस्थित स्कुल अफ मेडिसिनका एक अनुसन्धानकर्ताले नानो पार्टीकल भ्याक्सिन पत्ता लगाएको हालै प्रकाशित एक जर्नलमा उल्लेख गरिएको छ ।
उक्त भ्याक्सिन मुसामा परिक्षण गर्दा भ्याक्सिनको कम डोजले पनि १० गुणा बढी एन्टीबडी न्युट्रलाईज्ड गरेको उल्लेख गरिएको छ । भ्याक्सिनले एन्टीबडी न्युट्रलाईज्ड गरे पश्चात शरिरमा प्रतिरोधी क्षमता पनि प्रर्याप्त मात्रामा विकसित गरेको जर्नलमा उल्लेख गरिएको छ । ‘स्कूल अफ मेडिसिनले बनाएको नानो पार्टीकल भ्याक्सिनले विश्वभर फैलिएको कोरोना महामारीलाई नियन्त्रण गर्ने प्रयास गर्नेछ,’ जर्नलका सहलेखक निल किङले जर्नलमा भनेका छन् ।
जनावरमा धेरै सकारात्मक असर पारेको भ्याक्सिनले मानिसमा पनि सोहीअनुसारको प्रभाव पार्ने वैज्ञानिकहरु बताउँदै आएका छन । मुसामा सबैभन्दा धेरै प्रभाव देखाएको उक्त खोप दिर्घकालीन र दिगो पनि हुने जर्नलमा उल्लेख गरिएको छ । जर्नलमा प्रकाशित लेखका अनुसार उक्त भ्याक्सिनले शरिरमा उत्पादन हुने भाइरसको म्युटेसन अर्थात एकबाट धेरै हुने प्रक्रियालाई रोक्ने कार्र्य गर्दछ । म्युटेसनले शरिरमा भएका भाइरसहरू एकभन्दा बढी हुन नदिने बताइएको छ ।
उक्त खोपको आणविक संरचना भाइसरको संरचनासँग मिल्दो छ । जसका कारण शरिरमा प्रतिरक्षा प्रणालीको पनि विकास हुने बताइन्छ । विश्वभर महामारी फैलिएको कोरोना भाइरसको रोकथाममा उक्त भ्याक्सिनले ठूलो सहयोग गर्ने विश्वास गरिएको छ ।