तिहार बिदामा बैंकका कुनै शाखा नखुल्ने

होमल्याण्ड खबर

२०७७ कार्तिक २५ गते, मंगलवार १३:३० मा प्रकाशित

यस वर्षकाे तिहारमा कुनै पनि बैंकका शाखा नखुल्ने भएका छन् ।

बैंकका अधिकांश कर्मचारीहरु काेराेना भाइरसबाट संक्रमित भएकाले कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म बैंकका शाखा बन्द हुने नेपाल बैंकर्स संघले जनाएकाे छ ।

यसअघि दसैँ बिदाकाे समयमा पनि बैंकका शाखाहरू बन्द भएका थिए । बैंकका शाखा बन्द भए पनि डिजिटल बैंकिङ सेवा भने सुचारु हुने  संघले जनाएको छ ।