९ मंसिर २०८१, आईतवार
यस वर्षकाे तिहारमा कुनै पनि बैंकका शाखा नखुल्ने भएका छन् ।
बैंकका अधिकांश कर्मचारीहरु काेराेना भाइरसबाट संक्रमित भएकाले कात्तिक २९ गतेदेखि मंसिर १ गतेसम्म बैंकका शाखा बन्द हुने नेपाल बैंकर्स संघले जनाएकाे छ ।
यसअघि दसैँ बिदाकाे समयमा पनि बैंकका शाखाहरू बन्द भएका थिए । बैंकका शाखा बन्द भए पनि डिजिटल बैंकिङ सेवा भने सुचारु हुने संघले जनाएको छ ।