१० मंसिर २०८१, सोमबार
संयुक्त राज्य अमेरिकाले नेपाललाई १ सय थान भेन्टिलेटर प्रदान गरेको छ ।
कोरोना भाइरस (कोभिड १९)विरुद्धको लडाइँमा सहयोग पुर्याउन भन्दै अमेरिकाले नेपाललाई १ सय थान भेन्टिलेटर सहयोग गरेको छ ।
अमेरिकाले आफ्नो अन्तर्राष्ट्रिय सहयोग नियोग (यूएसआईडी) मार्फत नेपाललाई भेन्टिलेटर सहयोग गरेको छ ।
नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई भेन्टिलेटर हस्तान्तरण गरेका छन् ।
भेन्टिलेटर हस्तान्तरण गर्दै नेपालका लागि अमेरिकी राजदूत बेरीले अमेरिका असल र खराब सबै समयमा नेपालसँग साझेदारी गर्न प्रतिबद्ध रहेको बताए ।
स्वास्थ्य मन्त्री ढकालले कोभिडविरुद्धको लडाइँमा अमेरिकाले शुरुवाती चरणबाटै सहयोग गर्दै आइरहेको उल्लेख गर्दै ठूलो संख्यामा भेन्टिलेटर सहयोग गरेकोप्रति धन्यवाद ज्ञापन गरे ।
मन्त्री ढकालले अमेरिकाबाट सहयोगस्वरुप प्राप्त भेन्टिलेटर शुक्रबारबाटै वितरण शुरु गरिने पनि बताए ।
१०० वटामध्ये सातै प्रदेशका सामाजिक विकास मन्त्रालयलाई ७–७ वटाका दरले वितरण गरिने र बाँकी रहेका भेन्टिलेटरलाई हरेक सरकारी अस्पतालमा २–२ वटाका दरले वितरण गरिने मन्त्री ढकालले जानकारी दिए ।