दैनिक आम्दानीमा विल गेट्सलाई पनि जित्यो अदानी समूहले

होमल्याण्ड खबर

२०७७ मंसिर १० गते, बुधबार १४:२४ मा प्रकाशित

एजेन्सी । महामारीको बेलामा सबैभन्दा बढी कमाउने भारतीय व्यापारी गौतम अदानी हुन् । उनको दैनिक आयका हिसाबले धेरै ठूला व्यापारीलाई पनि पछि पारेका छन् । यसमा रिलायन्स समूहका मालिक मुकेश अंबानी र माइक्रोसफ्टका मालिक बिल गेट्स लगायत अन्य धेरै शीर्ष व्यापारीहरू छन् । ब्लूमबर्ग बिलियनेर्स इंडेक्सका अनुसार २०२० मा गौतम अदानीले अहिलेसम्म प्रति दिन ४५६ करोड रूपैयाँ भारु कमाइसकेका छन् । एलोन मस्क माथिल्लो सूचीमा छन । उनको दैनिक २.१२ हजार करोड रुपैयाँ भारु रहेको छ ।

सूचकांकका अनुसार एलोन मस्कको सम्पत्ति जनवरी २०२० देखि नोभेम्बर २१ सम्म ६.९ लाख करोड भारुलेले बढेको छ ।  त्यस्तै गौतम अदानीको कुल सम्पत्ति १.४८ लाख करोड भारुले बढेको छ । त्यस्तै, मुकेश अम्बानी र बिल गेट्सको सम्पत्ति पनि १ देखि १.०७ लाख करोड भारु पुगेको छ । मुकेश अम्बानी विश्वको सबैभन्दा धनी व्यक्तिको सूचीमा ११ औं स्थानमा छन् । कुल सम्पत्ति ५.३५ लाख करोड भारु रहेको छ । उनी अगस्टमा चौथो स्थानमा थिए । अर्कोतिर, गौतम अदानी सूचीमा ४० औं स्थानमा छन ।

अदानी समूहका ६ कम्पनीहरू बजारमा सूचीबद्ध छन् । अदानी ग्रीन र अदानी ट्रान्समिशन बाहेक, अन्य चार कम्पनीले दोस्रो क्वाटरमा उच्च मुनाफा गरेको रिपोर्ट प्रकाशन गरेको छ ।  यसले अदानी ग्यास, अदानी उद्यम, अदानी पोर्ट र अदानी पावर सञ्चालनमा छन । फोब्र्स पत्रिकाका अनुसार अदानी समूहको आम्दानी १३ अर्ब डलर छ ।