८ जेष्ठ २०८३, शुक्रबार
विराटनगरमा पछिल्लो समय वायु प्रदूषण उच्च भएपछि महानगरपालिकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल गरेको छ ।
चिसो बढ्दै जाँदा घाम नलागेको र हावा नचलेका कारण वायुमण्डलमा भएका धुलो, धुवाँका कण सतहमा थिग्रिएका छन् । सोहीकारण वायु प्रदूषण बढेको वातावरणविद्हरू बताउँछन् ।


महानगरपालिकाले फोहर डढाउने र विकास निर्माणको काम पनि रोक्न अनुरोध गरेको छ । प्रदूषण उच्च तहमा पुगेकाले मर्निङवाक गर्नेलाई पनि घरबाहिर ननिस्कन महानगरपालिकाले अनुरोध गरेको हो ।
एक्यूआईका अनुसार अहिले विराटनगरमा हावाको गुणस्तर (एयर क्वालेटी इन्डेक्स) १६० भन्दा माथि छ । यो अवस्था खतराको संकेत हो । सामान्यतया हावाको गुणस्तर एयरक्वालिटी इन्डेक्स ०–६० सम्मको अवस्थालाई राम्रो मानिन्छ ।
