विराटनगरमा वायु प्रदूषण उच्च, अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल

होमल्याण्ड खबर

२०७७ पुष २३ गते, बिहीबार १३:०२ मा प्रकाशित

विराटनगरमा पछिल्लो समय वायु प्रदूषण उच्च भएपछि महानगरपालिकाले अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अपिल गरेको छ ।

चिसो बढ्दै जाँदा घाम नलागेको र हावा नचलेका कारण वायुमण्डलमा भएका धुलो, धुवाँका कण सतहमा थिग्रिएका छन् । सोहीकारण वायु प्रदूषण बढेको वातावरणविद्हरू बताउँछन् ।

महानगरपालिकाले फोहर डढाउने र विकास निर्माणको काम पनि रोक्न अनुरोध गरेको छ । प्रदूषण उच्च तहमा पुगेकाले मर्निङवाक गर्नेलाई पनि घरबाहिर ननिस्कन महानगरपालिकाले अनुरोध गरेको हो ।

एक्यूआईका अनुसार अहिले विराटनगरमा हावाको गुणस्तर (एयर क्वालेटी इन्डेक्स) १६० भन्दा माथि छ ।  यो अवस्था खतराको संकेत हो । सामान्यतया हावाको गुणस्तर एयरक्वालिटी इन्डेक्स ०–६० सम्मको अवस्थालाई राम्रो मानिन्छ ।