८ जेष्ठ २०८३, शुक्रबार
काठमाडौंमा आज भुकम्पको धक्का महसुस गरिएको छ। दिउँसो २ बजेर ३२ मिनेटमा ३.१ म्याग्निच्यूडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
काठमाडौंको कुलेश्वर लाई केन्द्र विन्दु बनाएर भुकम्प गएको मापन केन्द्रले जनाएको छ ।


काठमाडौंको मध्य भागमा केन्द्रविन्दु रहेकाले वरपरका बासिन्दाले ठूलो धक्का महसुस गरेका थिए।