काठमाडौं केन्द्रविन्दु भएर भुकम्प गयो

होमल्याण्ड खबर

२०७७ पुष २७ गते, सोमबार १५:३३ मा प्रकाशित

काठमाडौंमा आज भुकम्पको धक्का महसुस गरिएको छ। दिउँसो २ बजेर ३२ मिनेटमा ३.१ म्याग्निच्यूडको भुकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

काठमाडौंको कुलेश्वर लाई केन्द्र विन्दु बनाएर भुकम्प गएको मापन केन्द्रले जनाएको छ ।

काठमाडौंको मध्य भागमा केन्द्रविन्दु रहेकाले वरपरका बासिन्दाले ठूलो धक्का महसुस गरेका थिए।