१० मंसिर २०८१, सोमबार
भारतको राजस्थानमा तिर्थस्थलबाट फर्कदै गरेका जैनधर्मावलम्बी सवार बसमा आगलागी हुँदा ६ जनाको मृत्यु भएको छ ।
घटनामा अन्य ३६ जना घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
राजस्थानको जालोरमा शनिवार राति ११ बजे गुडिरहेको बसले ११ हजार भोल्टेजको बिजुलीको हाइटेन्सन लाइनको तार छुँदा आगलागी भएको हो ।
बिजुलीको तारले बसको छतमा छुँदा आगलागी भएको समाचारमा जनाएका छन् ।
३६ जनालाई जलेको अवस्थामा उद्धार गरी अस्पतालमा भर्ना गरिएको छ । उनीहरुमध्ये केहीको अवस्था गम्भीर छ ।
ज्यान गुमाउने र घाइते सबै जैन धर्माबलम्बी हुन्। तीर्थस्थल गएर फर्किंदै गरेका यात्रु सवार बस दुर्घटनामा परेको हो।