ह्वाइट हाउस छिर्नुअघि रोए बाइडेन

होमल्याण्ड खबर

२०७७ माघ ७ गते, बुधबार १६:३७ मा प्रकाशित

एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेन वाशिंगटन डिसी आउनु अगाडि भावुक बनेका छन्। ह्वाइट हाउस छिर्नु अघिल्लो दिन उनी गृहनगर डेलावेयरमा सम्बोधनका क्रममा भावुक बनेका हुन।

अमेरिकामा आज राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति कार्यालय छाड्दै छन् भने बाइडने राष्ट्रपतिको सपथ ग्रहण गर्दैछन्।

बाइडेनले गृहनगरलाई सदैव सम्झने र आफू डेलावेयरको निवासी भएकोमा गर्व गर्ने बताए।

आफूमाथि विश्वास गरेकोमा र जीवनभर साथ दिएकोमा स्थानीयलाई बाइडेनले धन्यवाद दिए।

यसैबीच, राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले कोरोना भाइरसबाट निधन भएकाहरुको सम्झना र उनीहरु प्रति श्रद्धान्जली अर्पण गरेका छन्।

वासिंगटन डिसीको लिंकन मेमोरियलमा पुगेर उनीहरुले मृतकहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन।

अमेरिकामा कोरोना भाइरसबाट ४ लाख भन्दा ज्यादाको ज्यान गएकोले ४०० सय वटा बत्ती बालिएको थियो।