८ जेष्ठ २०८३, शुक्रबार
भारत सरकारले अनुदानमा उपलब्ध गराएको १० लाख डोज कोरोनाविरुद्धको खोप ‘कोभिसिल्ड’ काठमाडौं आइपुगेको छ ।
खोप बोकेको एयर इन्डियाको जहाज बिहान ११: ५२ मिनेटमा त्रिभुवन विमानस्थल अवतरण गरेको हो मुम्बईबाट दिल्ली ल्याइएको खोप त्यहाँबाट नेपाल ल्याइएको हो ।


उक्त खोप केहीबेरमा नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले हस्तान्त्रण गर्ने छन् ।
भारतले पहिलो चरणमा कोभिसिल्ड खोप उपलब्ध गराएको हो । सरकारले ७७ जिल्लामा एकसाथै खोप अभियान सुरु गर्ने गरी तयारी गरिरहेको छ ।
खोपलाई विमानस्थलस्थित कार्गो भवनको कोल्ड स्टोरमा राखिनेछ र त्यसपछि टेकुस्थित केन्द्रीय स्टोरमा लगिनेछ ।
खोप बढीमा पाँच दिनभित्र देशका सात प्रदेशमा पठाइने स्वास्थ्य मन्त्रालयले जनाएको छ।