म्यानमारमा सैन्य कू बिरुद्ध उत्रिएका नागरिकमाथि प्रहरी दमन

होमल्याण्ड खबर

२०७७ माघ २८ गते, बुधबार ११:१२ मा प्रकाशित

म्यानमारमा सैन्य कू को विरोधमा उत्रिएका त्यहाँका नागरिकलाई प्रहरीले दमन गरेको छ । राजधानी नेदिपअमा प्रदर्शनमा उत्रिएका हजारौ मानिसको भिडमा प्रहरीले रबरको गोली प्रहार गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सैन्य कू पछि म्यानमारमा सभा र जुलस गर्न प्रतिबन्ध लागेपनि विरोध प्रदर्शन गर्नेको संख्या दिनहुँ बढिरहेको छ । सैन्य कू को बिरोधमा त्यहाँका भिक्षुहरु पनि सडकमा उत्रिएपछि सेनाले भने आफ्नो बचाउ गरेको छ । निर्वाचित सत्ता हत्याएर शक्ति आफ्नो हातमा लिएको सेनाले रातीको समयमा कर्फ्यू लगाएको छ ।