७ जेष्ठ २०८३, बिहीबार
नेपालमा पछिल्लो २४ घण्टामा १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
तीन हजार १६१ जनाको पीसीआर परीक्षण गरिएकोमा १२५ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ७५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


त्यस्तै, पछिल्लो २४ घण्टामा १२३ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७१ हजार ७३३ पुगेको छ ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या तीन हजार १६ पुगेको छ ।
हाल देशभर एक हजार एकजना आइसोलेसनमा र ५१ जना क्वारेन्टिनमा रहेका मन्त्रालयले जनाएको छ ।