थप १२५ जनामा कोरोना पुष्टि, १२३ डिस्चार्ज

होमल्याण्ड खबर

२०७७ चैत्र ६ गते, शुक्रबार १७:१२ मा प्रकाशित

नेपालमा पछिल्लो २४ घण्टामा १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

तीन हजार १६१ जनाको पीसीआर परीक्षण गरिएकोमा १२५ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ७५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा १२३ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७१ हजार ७३३ पुगेको छ ।

कोरोनाका कारण पछिल्लो २४ घण्टामा एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या तीन हजार १६ पुगेको छ ।

हाल देशभर एक हजार एकजना आइसोलेसनमा र ५१ जना क्वारेन्टिनमा रहेका मन्त्रालयले जनाएको छ ।