बाइडेन आएपछि उत्तर कोरियाले गर्‍यो पहिलो क्षेप्यास्त्र परीक्षण

होमल्याण्ड खबर

२०७७ चैत्र ११ गते, बुधबार १२:५७ मा प्रकाशित

उत्तर कोरियाले पुनः क्षेप्यास्त्र परीक्षण गरेको छ । अमेरिकामा नयाँ राष्ट्रपति छानिएर सरकार बनेको दुई महिनापछि उत्तरले क्षेप्यात्र परीक्षण गरेको हो ।

बीबीसीका अनुसार आइतबार बिहान उत्तर कोरियाले दुई क्रुज क्षेप्यास्त्र परीक्षण गरेको थियो ।

राष्ट्रपतिको निर्वाचनमा डोनाल्ड ट्रम्पलाई पराजित गर्दै जो बाइडेनले गत जनवरी २० मा राष्ट्रपतिको कार्यकाल सम्हालेका थिए ।

सीएनएनका अनुसार बाइडेन प्रशासन बनेपछि उत्तर कोरियाको यो पहिलो क्षेप्यास्त्र परीक्षण हो ।

उत्तर कोरियाले गर्ने हरेक क्षेप्यास्त्र परीक्षणलाई चेतावनीको रुपमा लिने गरिएको छ ।

तर उत्तरको यसपटकको छोटो दूरीको क्षेप्यास्त्र परीक्षणलाई अमेरिकाले सामान्य ठानेको समाचारमा जनाइएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले उत्तरले क्षेप्यास्त्र परीक्षण कसैलाई उक्साउनका लागि नगरेको बताएका छन् ।

अमेरिकी अधिकारीहरुका अनुसार उत्तर कोरियाले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को प्रतिबन्ध नमिचिने गरी क्षेप्यास्त्र परीक्षण गरेको थियो ।