७ जेष्ठ २०८३, बिहीबार
नेपालमा डिएफएसकेको आधिकारिक विक्रेता कुजु नेपाल प्रालिले ल्याटेस्ट मोडेल ग्लोरी आई–अटो बुधबार नेपालमा सार्वजनिक गरेको छ ।
कम्पनीले यसअघि ग्लोरी सिरिजका ५६० र ५८० एसयूभी बिक्री गर्दै आएकोमा अब नयाँ मोडल आई–अटो थपिएको हो ।


कुजु नेपालका प्रालिका सञ्चालक उमीद श्रेष्ठ खोजुका अनुसार आई–अटो एक इन्टेलिजेन्ट एसयूभी हो । यसमा रहेका धेरै फिचरहरु भ्वाइस कमान्डबाट चलाउन सकिन्छ ।
ग्लोरी आई–अटो नेपालमा सार्वजनिक भएकामध्ये पहिलो ७ सीटर इन्टेलिजेन्ट एसयूभी हो ।
ग्लोरी आई स्मार्टमा १.५ लिटर टर्बो चार्जड् पेट्रोल इन्जिन जडान गरिएको छ । १५० पीएस पावर र २२० एनएम टर्क जेनेरेट गर्छ ।
यो गाडीमा एसयूभी अटोमेटिक गियरबक्सको विशेषता रहेको छ । ग्लोरी आई–अटोमा आईटक नामक भ्वाइस कमान्डको प्रयोग गरिएको छ । भ्वाइसबाटै फोन कल एक्सेस, मिडिया कमान्ड, कार कन्ट्रोल, भ्वाइस नेभिगेसन, कनेक्टिभिटी लगायतका फिचर सञ्चालन गर्न सकिन्छ ।
भ्वाइस नेभिगेसनबाट जीपीएस ब्लूटथ, वाइफाई कनेक्सन गर्न लगायत एक सय भन्दा बढी कमान्ड दिन सक्ने कम्पनीको भनाइ छ ।
यसमा १८ इन्चको आलोय ह्वील, सबै एलइडी लाइट, दुई एग्जस्ट पाइप पानारोमिक सनरुफ तथा रुफरेल सुविधा दिइएको छ । ग्लोवल एनक्याप क्र्यास टेस्टमा ५ स्टार रेटिङ पाएको ग्लोरी आई–अटोमा सुरक्षाका लागि अगाडि ४ एयरव्याग र चारै चक्कामा डिस्क ब्रेकको प्रयोग गरिएको छ ।
गाडी चालकलाई सहजताका लागि क्रुज कन्ट्रोल, अटो एसी, क्लाइमेट कन्ट्रोल, ९ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्यासबोर्डमा सफ्ट टच मेटेरियल, उड एक्सेन्टेड मेटेरियल, लेदर सीट कभर, सिक्सवे एट्जस्टेबल ड्राइभर सीट राखिएको छ ।
चीनमा सवारी साधन बनाउने दोस्रो ठूलो कम्पनी डिएफएसके प्रत्येक वर्ष २.७६ मिलियन बढी सवारीसाधन निर्माण गर्छ ।
डिएफएसके अन्तराष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ र वातावरणीय प्रमाणपत्र १२००० बाट मान्यता पाइसकेको छ ।