भारतद्धारा अनिश्चितकालका लागि कोरोनाविरुद्धको खोप निर्यातमा रोक

होमल्याण्ड खबर

२०७७ चैत्र १२ गते, बिहीबार १०:४८ मा प्रकाशित

भारतले कोरोना भाइरस विरुद्धको खोप निर्यातमा रोक लगाएको छ। पछिल्लो समय दोस्रो चरणको संक्रमण सुरु भएकोले भारतमै खोप आवश्यक हुन सक्ने भन्दै अनिश्चितकालीन समयका लागि खोप निर्यातमा रोक लगाएको हो ।

अक्सफर्ड–आस्ट्राजेनेका खोपको सबै निर्यातहरूमाथि रोक लगाइएको भारतीय विदेश मन्त्रालय स्रोतले जानकारी दिएको बीबीसीले जनाएको छ ।

भारतको यो निर्णयले नेपालमा खोप अभियान प्रभावित हुनसक्नेछ । साथै कोभ्याक्स योजनाअन्तर्गत रहेका करिब १९० राष्ट्रलाई असर गर्नसक्ने अनुमान गरिएको छ ।

भारतले अहिलेसम्म ७६ देशमा गरी ६ करोडभन्दा बढी खोप निर्यात गरिसकेको छ । त्यसमध्ये अक्सफर्ड–आस्ट्राजेनेकाकै खोप बढी रहेको छ ।