१० मंसिर २०८१, सोमबार
भारतमा एकैदिन करिब २ लाख मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
हिजो भारतभर १ लाख ९९ हजार ६ सय २० जनामा कोरोना संक्रमण पुष्टी भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा एक लाख संक्रमित पुगेको १० दिनमै दैनिक संक्रमितको संख्या दोब्बर भएको जनाइएको छ ।
संक्रमण बढेसँगै भारतमा संक्रमितहरूले ज्यान गुमाउनेको संख्या पनि बढेको छ । १० दिनअघि कोरोनाबाट मृत्यु हुनेको संख्या दैनिक रूपमा ५ सयभन्दा कम रहेको भारतमा हिजो एकैदिन १ हजार ३८ जना संक्रमितको मृत्यु भएको छ ।
दैनिक मृत्युको यो संख्या गत अक्टोबर २ पछि सबैभन्दा धेरै हो । यसैबीच भारतको उत्तराखण्डको हरिद्वारमा कुम्भ मेलामा सहभागीमध्ये अहिलेसम्म १२ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उत्तराखण्ड र उत्तर प्रदेशका मुख्यमन्त्रीहरूमा पनि अहिले कोरोना संक्रमण भएको छ ।