७ जेष्ठ २०८३, बिहीबार
कोरोना भाइरस सङ्क्रमणका कारण अग्रज पत्रकार ४८ वर्षीय कमल मिश्रको मृत्यु भएको छ ।
शुक्रराज ट्राफिल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा उनको गएराति मृत्यु भएको हो । विर्तामोड नगरपालिका–८ निवासी पत्रकार मिश्र केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किएका थिए ।


भारतबाट फर्किएलगत्तै बिरामी परेका उनमा स्वाथ्य समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको गएराति मृत्यु भएको हो । उनी विगत दुई वर्षदेखि भक्तपुरस्थित एक धार्मिक संस्थामा बसेर अभियानकर्मीका रूपमा काम गर्दै आएका थिए ।