कोरोनाबाट ४८ वर्षीय पत्रकार मिश्रको मृत्यु

होमल्याण्ड खबर

२०७८ बैशाख २ गते, बिहीबार १३:४१ मा प्रकाशित

कोरोना भाइरस सङ्क्रमणका कारण अग्रज पत्रकार ४८ वर्षीय कमल मिश्रको मृत्यु भएको छ ।

शुक्रराज ट्राफिल सरुवा रोग अस्पताल टेकुमा उपचारका क्रममा उनको गएराति मृत्यु भएको हो । विर्तामोड नगरपालिका–८ निवासी पत्रकार  मिश्र केही समयअघि भारतको धार्मिक कार्यक्रममा गएर फर्किएका थिए ।

भारतबाट फर्किएलगत्तै बिरामी परेका उनमा स्वाथ्य समस्या आएपछि उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको गएराति मृत्यु भएको हो । उनी विगत दुई वर्षदेखि भक्तपुरस्थित एक धार्मिक संस्थामा बसेर अभियानकर्मीका रूपमा काम गर्दै आएका थिए ।