उपचारको नाममा निजी अस्पतालको लुटतन्त्र

होमल्याण्ड खबर

२०७८ बैशाख २२ गते, बुधबार ११:५६ मा प्रकाशित

हाल नेपालमा कोरोनाको दोश्रो लहर फैलिएसंगै अस्पतालमा बेडको अभाब भइरहेको छ । काठमाडाैं उपत्यकामा उपचारको लागि बेडको अभाब भएर उपत्यका बाहिर लगेर कोरोना संक्रमीतको उपचार गरिएको समाचारहरु समेत सार्वजनीक भइरहेका छन् । कोरोनाको संक्रमण बढदै गर्दा बेडको अभाबमा घरमै उपचार गराउनुपर्ने अवस्था आइरहेको छ । यस्तो भयावह अवस्थामा सर्वसाधारणको ज्यान बचाउनु सबैको कर्तव्य पनि हो । तर कोरोनाको यो भयाबह अवस्थामा काठमाडाैंका निजी अस्पतालहरुले भने उपचारको नाममा यतिबेला लुटतन्त्र मच्चाइरहेका छन् । यति सम्मकी जनरल बेडमा राखेर एक जना संक्रमीतको उपचार गरेको प्रतिदिन ७ हजार सम्म शुल्क लिइरहेका छन् । त्यती मात्र होइन क्यावीनमा राखेर उपचार गराएको एकै रातको ३० हजार सम्म असुलीरहेका छन् ।                                                                                              काठमाण्डौंको धुम्बराही स्थीत ह्याम्स अस्पतालले कोभिडका बिरामीलाई जनरल बेडमा उपचार गरेबापत ७ हजार लिने गरेको छ । ह्याम्सले बिरामीको आफन्तालाई करारनामा गराएरनै भोली उजुरी बाजुर गर्ने छैन, मेरै मञ्जुरमा बढी शुल्क तिरेको हुं भन्दै ल्याप्चे लाउने समेत गरेको छ । ह्याम्समा कोरोनाको बिरामीले एकै रात राखेर उपचार गराएको सुविधा सम्पन्न बेडको ५० हजार रुपयाँ लिने गरेको छ । ह्याम्सले दुई जनाको सेयरिङ रुमको १५ हजार, तिन देखि ४ जनाको बेडको लागि ११ हजार, सिंगल क्याबीन बेडको २१ हजार, डिलक्सको २६ हजार, स्वीट आइसोलेसन बेडको ५० हजार र आइसीयु बेडको २२ हजार असुली रहेको छ । त्यस्तै सिनामंगल स्थीत केएमसी अस्पतालले पनि कोभिडको बिरामीको उपचारको लागि एकै रातको लागि कोभिड सुपर डिलक्स रुमको ३० हजार, कोभिड डिलक्स रुमको २५ हजार, सिंगल बेडको क्याबीनको २० हजार, डबल बेडको १० हजार असुल्दै आएको छ । ह्याम्स र केएमसीले चर्को शुल्क लिएको भन्दै सामाजीक सञ्जालहरुमा तिब्र बिरोध भइरहेको छ । धन हुने र नहुने जुन व्यक्तिको पनि शरिर एउटै हो तर निजि अस्पतालले कमाउ धन्दाको लागि धनीहरुबाट बढी शुल्क लिएर गरिबको उपचारमा हेलचेक्रयाँई गरेको भन्दै बिरोध भइरहेको छ ।